एक किलो अफिमसहित चार जना पक्राउ

पर्सा, असार ५ गते ।

पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका–५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।

उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका(१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए।

पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको