एनपीएल फ्रेन्चाइजी सुदूरपश्चिमका ६ खेलाडी रिटेन, ६ रिलिज

काठमाडौँ, असार ७ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ ।

सुदूरपश्चिमले दिपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीकै रुपमा रिटेन गरेको जानकारी दिएको छ भने विनोद भण्डारी, आरिफ सेख, अविनाश बोहोरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ ।

साथै सुदूरपश्चिमले ६ खेलाडीलाई रिलिज गरेको छ । जसमा अमित श्रेष्ठ, अर्जुन कुमाल, नरेश बुढाथोकी, खड्क बहादुर बोहोरा, भोजराज भट्ट र बसन्त खत्रीलाई रिलिज गरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको