इङल्याण्डविरुद्ध ऋषव पन्तको पनि शतक

काठमाडौँ, असार ७ गते ।

भारतीय ब्याट्सम्यान ऋषव पन्तले इङल्याण्डविरुद्धको जारी टेस्टमा शतक प्रहार गरेका छन् ।

टेस्टको दोस्रो दिन शनिबार ब्याटिंग गर्दै पन्तले शतक पुरा गरेका हुन् । यस टेस्टमा शतक बनाउने पन्त तेस्रो ब्याट्सम्यान हुन् । पन्तको टेस्ट क्रिकेटमा यो सातौं शतक हो ।

यस अघि कप्तान शुभमन गिल र यशस्वी जैसवालले सशतक बनाएका थिए ।

गिल अहिले पनि खेलिरहेका छन् भने जैसवाल १०२ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल भारतले ३ विकेट गुमाएर ४३० रन बनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको