उरवा रेडमाथि इन्टर मिलानको जित

काठमाडौँ, असार ८ गते ।

इन्टर मिलानले जारी फिफा क्लब विश्वकप अन्तर्गतको खेलमा जापानी क्लब उरवा रेड डायमण्डसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले उरवा रेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा खेलको इन्जुरी समयमा भालेन्टाईन कार्बोनीले गरेको गोल निर्णायक भएको थियो । यस अघि खेलको ११औं मिनेटमा रिओमा वाटानाबले गरेको गोलबाट उरवा रेडले अग्रता लिए पनि खेलको ७८औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितपछि इन्टर मिलानको २ खेलमा ४ अंक भएको छ भने उरावा रेडले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको