काठमाडौँ, असार ८ गते ।
एसीसी यू(१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत सिंगापुरले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६ ओभरमा अल आउट हुदै १३८ रन बनाएको हो ।
सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिएका थिए सचिन भट्टले २ । एभरेष्ट न्यूज एजेन्सी








