नेपालको एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात

काठमाडौँ, असार ८ गते ।

नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३।३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६।१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।

त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिएका थिए सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको