नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौँ, असार ८ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

स्कटल्याण्डमा आइसीसी पुरुष विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार काठमाडौँ आइपुगेको हो ।

क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

स्कटल्याण्ड भ्रमणमा नेपालले लिग–२ का ४ खेल खेलेको थियो जसमा ३ जित हासिल गरेको थियो भने एक खेल स्कटल्याण्डसँग हारेको थियो ।

त्यस्तै नेपालले टी–२० सिरिजका ४ खेलमा २ जित हासिल गरेको थियो र २ खेलमा हार बेहोरेको थियो । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको