बर्दिया, असार ८ गते ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी








