काठमाडौँ, असार १० गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि संसद बैठक बहिष्कार गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैकमा गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको भिजिट भिसा छानबिन सम्बन्धि उच्चस्तरीय आयोग बारे जानकारी दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
बहिष्कार गर्नु अघि रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो पकेटबाट नाम निकालेर गठन गरिएको समिति आफुहरुलाई अस्वीकार हुने बताउदै संसदीय समिति वा बहालवाला या पुर्व न्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने माग राखेका थिए । त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो समिति आफुहरुलाई मान्य नहुने भन्दै बेह बहिष्कारलाई निरन्तरता दिने बाताएका थिए । एभरेष्ट न्यूज एजेन्सी








