एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

काठमाडौँ, असार ११ गते ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ । असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।

एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआर (IVR) का विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।

एसएमएस र आईभीआर

एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत ८ज्ञटण्ण्३ डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।​एसएमएसबाट थाहा पाउनः

नेपाल टेलिकमः १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर​ सेवामार्फत सुन्ने ।

जानकी टेक्नोलोजीः ३५००१ मा एसएमएस पठाउने ।

आकाश टेकः ३१००३ मा एसएमएस पठाउने ।

स्विफ्ट टेक्नोलोजीः ३४४५५ मा एसएमएस पठाउने ।

अल स्टार आईटी सोलुसन्सः ३४९४९ मा एसएमएस पठाउने ।

तरिका

–सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

–त्यसपछि पठाउनुपर्ने नम्बरमा ज्ञटण्ण् वा घछण्ण्ज्ञ वा घज्ञण्ण्घ वा घद्धद्धछछ वा घद्धढद्धढ राख्नुहोस् ।

–त्यसपछि एमएमएस बक्समा ल्भ्द्य टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

–त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन्ः

  • see.gov.np

  • neb.gov.np

  • see.ntc.net.np

  • ekantipur.com

  • see.esewa.com.np

  • खल्ती एप

  • collegeinfonepal.com

  • theconnectplus.com

  • 12khari.com

  • collegesnepal.com/see_result

  • एनसेल एप

  • swiftttech.com.np/see-result

  • result.neemaacademy.com

  • see.mypay.com.np

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको