एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, असार ११ गते ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज अपराह्न १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको