सुनचाँदीको मुल्य आजपनि घट्यो

काठमाडौं, असार ११ गते ।

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोला १५ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको २१४० रुपैयाँमा कारोबार भइरहेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको