माधव नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं, असार ११ गते ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका हुन् ।

नेपालका कानुन व्यवसायीले यसअघि नै अदालत उपस्थित हुन पाउँ भन्दै विशेष अदालतमा दर्ता गरिसकेकाले आजै नेपालविरुद्धको मुद्धाको पेसी तोकेर नेपालको बयान लिइने बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको