गोकुलको प्रश्न– हरेक साल जेठ–असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ?

काठमाडौँ, असार ११ गते ।

नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले हरेक साल जेठ–असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? भन्दै व्यंग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन तर हरेक साल जेठ–असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? कसैले थाहा नपाउने भो भनेका छन् ।

उनले भनेका छ–

बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन । तर हरेक साल जेठ–असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? कसैले थाहा नपाउने भो । राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन । लौ न कोही छ ! एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको