एमालेको सचिवालय बैठक ३ बजेको लागि सर्यो

काठमाडौँ, असार ११ गते ।

नेकपा एमालेको सचिवालय बैठक ३ बजेको लागि सरेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यसअघि अपराह्न १ बजे बस्ने भनिएकोमा ३ बजेका लागि सरेको हो ।

बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको