पिएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा, इन्टर मियामी बाहिरियो

काठमाडौँ, असार १६ गते ।

पिएसजी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न नक आउट चरणको खेलमा इन्टर मियामीलाई ४(० गोल अन्तरले पराजित गर्दै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने एक गोल अचरफ हाकिमीले गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका टोमास अभिल्सले गरेका थिए ।

अब पिएसजीले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले पनि ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४(२ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेको छ ।

पिएसजी र बायर्न म्युनिखबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको