हारमा जितको सुगन्ध : प्रधानमन्त्री

काठमाडौँ, असार २३ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरियातमा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताएको छ ।

“उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र हो, यो हारमा जितको सुगन्ध छ । यसले आगामी दिनमा सफलताको बाटो फराकिलो बनाएको छ”, प्रधानमन्त्री ओलीले भनिएको छ ।

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर र उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर दुवै नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको