इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश

काठमाडौं, सानउ २ गते । 

पेनाल्टी सुट आउटमार्फत इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा क्वार्टरफाइनलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विडेनलाई ३–२ ले हराउन सफल भएको हो ।

स्विजरल्यान्डमा भएको सो खेलमा इङ्ल्यान्ड खेलमा २–० ले पछि पर्दा पनि कमब्याक गर्न सफल भएको हो । खेलको अतिरिक्त समयमा कुनै गोल नभएपछि नतिजा पेनाल्टी सुटआउटमा भएको हो ।

पेनाल्टी सुटआउट पनि २–२ को बराबरी भएपनि खेलको नतिजा सडनडेथमा आएको हो ।

अब, इङ्ल्यान्डले सेमिफाइनलमा इटालीसँग २२ जुलाईमा खेल्नेछ । आजै हुने क्वार्टरफाइनलमा अर्को खेलमा स्पेन र स्विजरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको