पाकिस्तानीले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’

इस्लामबाद, साउन ६ गते ।

पाकिस्तान हक्की टोली भारतमा हुने एसिया कपमा सहभागी नहुने भएको छ ।

यसअघि भारतीय क्रिकेट टोली यस अघि गत फेब्रुअरी–मार्चमा भएको च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग खेल्न पाकिस्तान गएको थिएन । भारतले आफ्ना सबै खेल तटस्थ स्थान दुबईमा खेलेको थियो ।

पाकिस्तान हक्की महासंघ ९पीएचएफ० ले अर्को महिना भारतमा हुने एसिया कपका लागि आफ्नो टोली पठाउन नसक्ने अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच)लाई जानकारी दिएको छ । भारतको वर्तमान अवस्था र सुरक्षा चिन्ताका कारण यो निर्णय गरिएको पीएचएफले जनाएको छ ।

हक्की एसिया कप अगस्ट २७ देखि बिहारको राजगीर स्टेडियममा ७ सेप्टेम्बरसम्म खेलाइने यसअघि नै तय भइसकेको छ । पीएचएफका अध्यक्ष तारिक बुग्तीले भने कि उनले एफआईएच र एसियन हक्की महासंघ (एएचएफ) लाई पत्र लेखेर आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

‘हामीले उनीहरूलाई (भारत) भनेका छौं कि वर्तमान परिस्थितिमा हाम्रो टोलीले भारतमा खेल्दा सुरक्षा जोखिम सामना गर्न सक्छ, त्यसैले आउँदैनौं’ एक बुग्तीले भने । बुग्तीका अनुसार पाकिस्तानी खेलाडीहरू पनि भारतमा हुने एसिया कपमा सहभागी हुन उत्सुक छैनन् । यो प्रतियोगिता विश्वकपका लागि छनोट पनि हो । बुग्तीले यो पनि भने कि एफआईएच र एएचएफले टूर्नामेंट र पाकिस्तानको खेलको बारेमा के गर्ने भनेर निर्णय गर्नुपर्नेछ।
पीएचएफले भन्यो– हाम्रा खेलाडीको सुरक्षाको ग्यारेन्टी के छ ? पीएचएफ प्रमुखले भारतमा आफ्नो टोलीको सुरक्षाको ग्यारेन्टी के हो भन्ने प्रश्न पनि उठाएका छन्। तर, पाकिस्तान सरकारले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । हालै एक वरिष्ठ सरकारी अधिकारीले टोलीले भारत भ्रमण नगर्ने बताएका हुन् ।

उता, भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई भारतमा खेल्न अनुमति दिएको छ । भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई एसिया कप भारतमा खेल्ने अनुमति दिएको हो । मिडिया रिपोर्टका अनुसार खेलकुद मन्त्रालयले सो कुरा जनाइसकेको छ। ‘हामी कुनै पनि बहुराष्ट्रिय च्याम्पियनसिपमा भारतमा खेल्ने टोलीको विरुद्धमा छैनौं, द्विपक्षीय शृंखलाको मामला फरक छ,’ भारतीय खेलकुद मन्त्रालयको प्रतिक्रिया छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको