बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध

बैग्लरु, साउन १० गते ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्।

बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।

यो निर्णयसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो झट्का लागेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

यससँगै कर्नाटक सरकारले अब बेंगलुरु भागदौड मामिलामा आरसीबीमाथि मुद्दा चलाउन अनुमति दिएको छ।

सरकारको यो निर्णय छानबिन आयोगको प्रतिवेदनमा आएको हो, जसमा आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) लाई घटनाका लागि दोषी ठहर गरिएको थियो। आरसीबीसँगै केएससीए विरुद्ध मुद्दा चलाउन पनि स्वीकृति दिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको