यातायात कार्यालय जनकपुरधामले गर्‍यो ६७ करोड राजस्व सङ्कलन

जनकपुरधाम, साउन १० गते ।

यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा रू ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८० राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो ।

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत् समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवाप्रवाहमा सुधार आएको बताए । उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको