पाकिस्तानमा टिकटकर महिलाको बिष खुवाएर हत्या

इस्लामबाद, साउन ११ गते ।

पाकिस्तानको एक टिकटकर महिलाको बिष खुवाएर हत्या गरिएको छ ।

पाकिस्तानी टिकटक क्रियटर सुमिरा राजपुतको शनिबार पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा रहेको उनको घरमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनकी १५ वर्षीया छोरीले आमा सुमिरालाई केही व्यक्तिले आफूसँग विवाह गर्न दबाब दिएको दाबी गरेकी छन् । सुमिराले अस्वीकार गरेपछि विषालु चक्की खुवाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सुमिरा राजपूत टिकटकमा ५८,००० फलोअर्स र १० लाख भन्दा बढी लाइकहरूसहित एक प्रसिद्ध डिजिटल सामग्री निर्माता थिइन्। उनकी छोरीको पनि त्यति नै संख्यामा फ्लोअर्स छन् ।

यस घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यसैबीच घोटकीका जिल्ला प्रहरी अधिकृत अनवर शेखले टिकटरक छोरीले गरेको दाबी पुष्टि गरेका छन् । यद्यपि यस मामिलामा अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन।

गत महिना पनि पाकिस्तानमा १७ वर्षीया सामाजिक सञ्जाल प्रभावकारी सना युसुफको इस्लामाबादस्थित आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो ।

आक्रमणकारी म्याट्रिक, बेरोजगार र धेरै गरिब परिवारबाट आएका थिए। उनले सनालाई पटकपटक प्रेम प्रस्ताव राखेका थिए तर उनले हरेक पटक अस्वीकार गरेकी थिइन्, त्यसपछि हत्या गरिएको हो । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको