एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौँ, साउन २१ गते ।

प्रथम इन्डियन ओपन वल्र्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको उडिसा प्रस्थान गरेको छ ।

अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन् । महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल एथ्लेटिक्स सङ्घका महासचिव सञ्जीव तुलाधरलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको