काठमाडौं, साउन २३ गते ।
भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरबसँग खेल्न लागेको हो ।
शुक्रवार हुने खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने साउदी अरेबिया उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो ।
प्रतियोगितामा बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी नै रहेको छ । उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो ।
प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।








