आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन

गौशाला, भदौ १२ गते ।

नेपाली काँग्रेसको केन्द्रको महाधिवेशन अगामी मंसिरभित्र गरिसक्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

बिहीबार कांग्रेस सर्लाहीले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने बताए ।

वासुदेवशरण कोइरालाको स्मृतिमा लालबन्दी नगरपालिका–२,जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्न उनी सर्लाही आएका हुन् ।

उनले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए ।

यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो वर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।

आफूले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै थापाले सभापतिले प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिए । उखु किसानको भुक्तानीका लागि पैसा खोज्न नपर्ने उनले दाबी समेत गरे । उनले मधेशमा कृषिको समस्या अन्त्य गर्न सरकारले चासो दिनुपर्ने बताए ।

उनले कांग्रेसका नेता, कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा दिवंगत कोइरालाको जीवनीबारे मात्रै चर्चा गरेका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सँधै अमर रहने उल्लेख गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको