अभ्यास खेलमा आसामविरुद्ध नेपाल विजयी

काठमाडौं, भदौ १३ गते । 

नेपाल ‘ए’ ले दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा जीत हासिल गरेको छ ।

घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्ध ९६ रनको सज जित दर्ता गरेको छ ।

नेपालको जितसँगै पाँच खेलको शृंखला १–१ को बराबरीमा आएको छ । पहिलो खेलमा नेपाल डेकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १५ रनले पराजित भएको थियो ।

शुक्रबार गुवाहटीमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा  ७७ रनमै समेटियो ।

आसामका लागि रुहिनन्दन पेगुले १७,  शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाए ।

नेपालका लागि युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सन्दीप जोराले ३५, पवन सर्राफ र देव खनालले समान ३१, बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ र आदिल आलम अन्सारीले १४ रन बनाए ।

आसामका लागि आकाश सेनगुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोइले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो खेल शनिबार हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको