बेनी–दरवाङ सडक खुल्यो

म्याग्दी, भदौ १७ गते ।

धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि आज अपराह्नदेखि सञ्चालनमा आएको छ ।

मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सोमबार दिउँसोदेखि अवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरेर डोजर परिचालन गरी सडक खुलाइएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुुर जुग्जालीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको