नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस: भारतीय प्रधानमन्त्री

काठमाडौँ, भदौ २५ गते ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उल्लेख गर्नुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको