महोत्तरी : सुरक्षा व्यवस्था नियन्त्रित राख्न नेपाली सेना परिचालन

गौशाला, भदौ २५ गते ।

महोत्तरीको ग्रामीण बस्ती, मुख्य राजमार्ग तथा शहरी क्षेत्रमा सुरक्षा व्यवस्था नियन्त्रित राख्न नेपाली सेना परिचालन गरिएको छ । महोत्तरी जिल्लाका सुरक्षा सयन्त्रले जिल्ला भरी अनिश्चितकालीनकर्फ्यू आदेश जारी गर्दै थप जनधनको क्षति नगर्न/नगराउन आग्रह गरेको छ ।

देशभर भईरहेको प्रदर्शनको असर महोत्तरीमा समेत देखिएको र प्रदर्शन उग्र हुनसक्ने आशंका लाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्थापन गरिएको जनाईएको छ । यता महोत्तरी सदरमुकाम स्तिथ जलेश्वर कारागारबाट मंगलवार साँझ ५७६ कैदीबन्दीहरु भागेपछि सुरक्षा चुनौती थप बढेकोले कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।

जिल्लाको गौशाला–सम्सी, बर्दिबास–औरहि–रामगोपालपुर, जलेश्वर–जनकपुर सडक खण्डमा नेपाली सेना, सशत्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा सुरक्षा तथा निगरानी बढाएको छ ।

कुनै किसिमको उच्छृंखल गतिविधि, होहल्ला र माहौल भडकाउने गरि कार्य भएमा तुरन्त सुरक्षा सयन्त्रका प्रतिनिधि वा नजिकको प्रहरी लाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले अनुरोध गरेका छन् ।

यता, बुधवार बिहानदेखी भने जिल्लाको अवस्था सामान्य रहेपनि आवश्यकता बाहेक बाहिर ननिस्कन सुरक्षा निकायले सबैमा अनुरोध गरेका छन् । अति आवश्यकका स्वास्थ्यकर्मी, संचारकर्मी र विधुत प्राधिकरणका कर्मचारीहरुलाई परिचयपत्र तथा पेशागत पोशाक लगाएर मात्र कार्यस्थलमा खटिन आग्रह समेत गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको