पोखरा, भदौ २५ गते ।
पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार सोरूमको आगो निभाउने क्रममा बुधबार शव भेटिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सञ्चालन गरेको उक्त अटो सोरूममा प्रदर्शनकारीले मंगलबार आगो लगाएका थिए ।
जलेको अवस्थामा फेला परेको युवतीको पहिचान भने भइसकेको छैन ।
एसपी ओलियाले जलेको शव पोस्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी दिए ।
शव सोही अटो सोरूममा काम गर्ने युवतीको हुन सक्ने प्रहरीको आशंका छ । सेतोपाटी








