गौर कारागारबाट फरार १३ कैदी प्रहरी नियन्त्रणमा

गौशाला, भदौ २६ गते ।

रौतहटको गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीहरूमध्ये १३ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारागार फुटाएर भारततर्फ भाग्ने क्रममा भारतीय सीमामा तैनाथ एसएसबी र भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भारत बैरगनिया थानाका प्रभारी उमाशंकर रजकले भने, नेपालबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका विवेक मिश्र भारतकै बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणका फरार अभियुक्त हुन्। उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको छ भने बाँकी १२ कैदीलाई भारतीय प्रहरीले नियन्त्रणमा राखेको छ।’

उनले थपे, भारतीय उच्च अधिकारीहरूको निर्देशनपछि काउन्टरपार्टसँगको समन्वयमा कानूनी प्रक्रिया अगाडि बढाइनेछ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको