त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै, कार्तिक ११ देखि कक्षा सञ्चालन

गौशाला, भदौ २६ गते ।

त्रिभुवन विश्वविद्यालयले मुलुकमा विद्यमान असामान्य परिस्थितिका कारण नियमित पठनपाठन कार्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने जनाएको छ ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनामा हिउँदे बिदा कटौती गरी २०८२ साल भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा कार्तिक ९ गते सम्पूर्ण पठनपाठन बन्द रहने उल्लेख छ ।

सूचनामा भनिएको छ, “मुलुकभरको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्य उक्त मितिहरूमा बन्द रहनेछ र नियमित कक्षा कार्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।”

जेनजीको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण देशभरको शैक्षिक गतिविधि ठप्प भएको छ । विश्वविद्यालयले सम्बन्धित सबैलाई यो निर्णयबारे जानकारी गराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको