पब्लिक सन्देश
जनकपुर, असोज ४ गते ।
मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सहमति भएको छ ।
शनिवार सभामुख रामचन्द्र मण्डलको पहलमा भएको सर्वदलीय बैठकमा मंगलबारदेखि प्रदेशसभाको बैठक लगातार चलाउने सहमति भएको छ ।
मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक डाकिएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले बताए ।
जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण मधेस प्रदेशसभामा ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ।
बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी रहेका थिए ।








