ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक, राहदानी रोक्का गर्न निर्देशन

 

काठमाडौं, असोज १२ गते ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको मानवीय हताहतीलाई लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन दिएको छ ।

उक्त घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले पाँच ओली र लेखकसहित पूर्वपदाधिकारीलाई अनुसन्धान दायरामा ल्याउँदै विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

आयोगको आइतबार बसेको बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई छानबिनका लागि बोलाउन सकिने भएकाले स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई अनुसन्धानका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमण रोक लगाउन आवश्यक देखिएको छ ।’

यस्तै, आयोगले छानबिन प्रभावकारी बनाउन विज्ञसहितको थप जनशक्ति आवश्यक देखिएको भन्दै गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ ।

आयोग सदस्य निशान राज शर्माले उक्त कदम अनुसन्धानलाई निष्पक्ष र व्यवस्थित बनाउन उठाइएको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको