रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका सडक कटान

गौशाला, असोज १९ गते ।

रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा सडक कटान गरेको छ । रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका पाँच स्थानमा सडक क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

बाढीले सबैभन्दा धेरै क्षति रोशी गाउँपालिका–९ बोक्सिकुनामा पुर्‍याएको छ । जहाँ खोलाले १५० देखि २०० मिटरसम्म सडक कटान गरेको छ ।

त्यस्तै, रोशी गाउँपालिकाभित्रै रोशी–७ घुमाउनेमा १५ मिटर, रोशी–११ बुलढंगा र डालाबेसीमा करिब १००–१०० मिटर र सोही वडाको पिप्लेमा करिब ५० मिटर सडक कटान भएको छ ।

नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा पनि २० मिटर सडक बाढीले बगाएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

सडक कटानका कारण केही स्थानमा सवारी आवागमन प्रभावित भएको र मर्मत कार्यको तयारी भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको