भोजपुर, कार्तिक १४ गते ।
समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गरेको छ ।
यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उनले आर्थिक सहयोग गरेको थियो भने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि ११ लाख प्रदान गरेको थियो ।
पोसाक र शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी प्रशन्न छन् । समाजसेवी राईलाई विद्यालयका तर्फबाट सम्मान गरिएको छ । बिहीबार विद्यालय परिसरमा विद्यार्थीलाई पोसाक वितरण तथा राईलाई सम्मान गरिएको हो ।








