गौशाला, मंसिर ११ गते ।
प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
बिहीवार प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् ।
अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए ।








