चक्रवात ‘दित्वा’का कारण श्रीलंकामा विनाश : मृतक ३३०, बेपत्ता २००

काठमाडौँ, मंसिर १५ गते ।

‘दित्वा’ चक्रवातका कारण श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ३३० पुगेको छ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् भने झन्डै २० हजार घर ध्वस्त भएका छन्। अनि एक लाखभन्दा बढी मानिस आश्रय लिन बाध्य भएका छन्।

बाढी–पहिरोका कारण देशको झन्डै एकतिहाइ भाग बिजुली र पानी आपूर्तिबाट वञ्चित भएको श्रीलंकाली अधिकारीहरूले जनाएका छन्।

चक्रवात दित्वाले गरेको विनाशका कारण श्रीलंकामा आपत्‌कालीन अवस्था घोषणा गरिएको छ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले यो देशको इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप भएको बताएका छन्।

श्रीलंका सरकारले विदेशमा बस्ने आफ्ना नागरिक र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ।

चक्रवात दित्वा शुक्रबार श्रीलंकाको पूर्वी तटमा बज्रिएको थियो। अहिले यो भारत आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको