केन्द्रीय सदस्यबाट विद्याको राजीनामा

काठमाडौँ, मंसिर २० गते ।

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आज उनले राजीनामा घोषणा गरेकी हुन् ।

हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।

उनले लेखेकी छिन्– ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको