मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौँ, मंसिर २० गते ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

भोलि बिहानको १०ः३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए। लामो छलफलपछि यादवको नाममा सात दलले सहमति जनाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको