पब्लिक सन्देश
गौशाला, पुस १६ गते ।
अत्यधिक जाड़ो बढ़ेपछि मटिहानीमा १८ जना विद्यार्थीहरुलाई कम्वल वितरण गरिएको छ ।
बुधवार मटिहानी नगरपालिका-७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको छात्रावासमा बस्ने १८ जना विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको मटिहानी नगरपालिकाले जनाएको छ ।
विद्यापिठमा एक कार्यक्रमको आयेजनागरि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले विद्यार्थीहरुलाई कम्वल वितरण गरेका थिए ।
अत्यधिक जाड़ो बढ़ेपछि जाड़ोबाट राहत मिल्ने उद्देश्यले विद्यापीठको छात्रावासमा बस्ने १८ जना बिद्यार्थीहरुलाई कम्बल वितरण गरेका नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ६ र ७ का वडाध्यक्ष क्रमशः कलीम अंसारी र जीतनारायन माझी, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रअ ईश्वरी पौडेल लगायत शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।








