गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिको छलफल

काठमाडौँ, पुस २० गते ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गरेका छन् ।

भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापनपत्रसमेत बुझाएका छन् ।

भेटमा समुदायले बुझाएका दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पु¥याउने जोकोहीलाई सरकार र गृह प्रशासन तुरुन्त कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताए । मन्त्री अर्यालले प्रदेश र जिल्ला तहमा धार्मिक आस्था र सहिष्णुता कायम गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

शान्तिसुरक्षा कायम गर्नु नै गृह प्रशासनको प्रमुख जिम्मेवारी भएको बताउदैँ गृहमन्त्री अर्यालले यस कार्यमा प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा अन्य समुदायले पनि उत्तिकै सक्रिय भूमिका खेल्ने रहनेमा जोड दिए ।

“कानुन हात लिएर कसैले कुनै शक्ति र समूहमा आबद्धता भएकै नाममा गैरकानुनी कार्य गर्छ भने त्यसलाई सरकारले आवश्यक कारबाहीको दायरामा ल्याइनेछ”, मन्त्री अर्यालले भने ।

भेटका राष्ट्रिय मुस्लिम समन्वय समितिबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन, सीमा खान, मौलाना खुसिद आलम र ताज मोहमद मियाँ, जमियाद उलमाह नेपालका तर्फबाट प्रतिनिधिबाट राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, कल्पना मियाँ, नेपाल हज कमिटीका अध्यक्ष मोख्तर अहमद, ताज मोहम्मद मियाँ र मोहम्मद फलाउ उल्लाह र सङ्घीय लोकतान्त्रिक गठबन्धनकोतर्फबाट मोहम्मद रिजवान अन्सारी, विमला अन्सारीलगायतका प्रतिनिधिले समुदायमा बढ्दै गइरहेका केही असामाजिक, धार्मिक सहिष्णुता भड्कने खालका गतिविधि र आगामी फागुन २१ गतेको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिनसक्ने वातावरणतर्फ समुदायका प्रतिनिधिहरूले मन्त्री अर्यालको ध्यानाकर्षण गराएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको