निःशुल्क आँखा शिविर: ३५० बढीको शल्यक्रिया हुने

सर्लाही, पुस २२ गते ।

बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ ।

बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा बागमती नगरपालिकाले खान, बस्न प्रबन्ध गरेको नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिनुभयो ।

तिलगङ्गा आँखा प्रतिष्ठानको चिकित्सक एवम् शिविरका टोली नेता डा रचना सिंहका अनुसार सर्लाहीमा सर्जिकल आँखा केन्द्र विस्तार भएपछि विभिन्न पालिाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ ।

उपचारका क्रममा शिविरमा आएनुभएका बागमती नगरपालिका–७, निवासी ७७ वर्षीय वीरबहादुर खड्काले गाउँ घरमै निःशुल्क शिविर सञ्चालन हुँदा गरिब, गुरुवाले संसार देख्न पाएको बताउनुभयो ।

आयोजक संस्थाले शिविरमा आउने बिमारीलाई निःशुल्क खाना, औषधि लगायतको सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको