बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौँ आउँदै

काठमाडौँ, पुस २६ गते ।

बलिउड अभिनेत्री सन्नी लियोनी आज शनिबार काठमाडौँ आउँदै छिन्।

काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन समारोहमा सहभागी हुन उनी आज यहाँ आउने भएकी हुन्।

सोही समारोहमा सहभागी भएर बलिउड अभिनेता सञ्जय दत्त शुक्रबार मात्र स्वदेश फर्केका छन्।

त्यसलगत्तै आयोजकले अभिनेत्री सन्नी लियोनीलाई ल्याउन लागेको हो।

सन्नी आफैँले आज काठमाडौँ आउन लागेको कुरा टिकटकमार्फत जानकारी दिएकी छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको