धनकुटा, माघ ६ गते ।
धनकुटामा पूर्वमन्त्री राजेन्द्रकुमार राईले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उनले धनकुटाका नेता तथा कार्यकर्ताहरूसँगै गएर मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका क्रममा धनकुटाका एमाले नेता तथा कार्यकर्ताको भीड थियो । उनले मनोनयन दर्ता गर्दै आफूले जिल्लाका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जिल्लाको समग्र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जनाए ।
उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन् । राई यसअघि भूमि व्यवस्था तथा सहकारी मन्त्री र खानेपानी तथा सरसफाइ मन्त्री बनिसकेका छन् ।








