जुम्लामा आइपुग्यो मतपत्र

जुम्ला, फागुन ४ गते ।

हिमाली जिल्ला जुम्लामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र आज आइपुगेको जानकारी दिए ।

जिल्लामा ७१ हजार ७३९ मतदाता कायम छन् । निर्वाचन आयोगले मतदाताभन्दा १० प्रतिशत मतपत्र बढी पठाएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताए । निर्वाचनका लागि जुम्लामा ६५४ कर्मचारी खटिने जनाइएको छ ।

जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको छ । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको