पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला

काठमाडौं, फागुन २३ गते ।

रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन् । जहाँ नेकपा एमालेका अजयकुमार गुप्ता दोस्रो हुँदा नेकपाका सहसंयोज्ञक माधवकुमार नेपाल चौथो स्थानमा सीमित भएका छन् ।

निर्वाचन आयोगका अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै जित निकालेका हुन् । जहाँ नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ता १८ हजार २५३ मतान्तरले पराजित भए। गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन् । नेकपाबाट उम्मेदवार माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरेका छन्। उनी यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका थिए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार योगेन्द्रराय यादवले ६ हजार ८४६ मत पाएका छन् । जनमत पार्टीका देवेन्द्र मिश्रले ८८१ मत प्राप्त गर्दा आम जनता पार्टीका त्रिभुवन साहले ३३८ मत प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको