संखुवासभा अस्पतालमा डायलाइसिस सेवा सुरु

संखुवासभा, चैत १३ गते ।

संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु गरिएको छ ।

जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई निस्शुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको हो । जिल्ला अस्पताल संखुवासभाले पाँच शैय्याबाट पहिलो पटक डायलाइसिस सेवा सुरु गरेको जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यले बताए ।

जिल्ला अस्पतालमा पहिलो पटक खाँदबारी नगरपालिका–९ ढुङ्गेधाराकी ४८ वर्षीया सशु कुमारी श्रेष्ठको डायलाइसिस सेवा प्रदान गरिएको जिल्ला अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सन्तोश देवले बताए ।

उनी यसअघि नोवेल अस्पताल विराटनगरमा डायलाइसिस गराउँदै आएकी थिइन् ।

जिल्ला अस्पतालमा डायलाइसिस सेवा नहुँदा मिर्गौलासम्बन्धी बिरामीलाई डायलासिसका लागि विराटनगर, धरान र काठमाडौँ जानुपर्ने बाध्यता थियो । यससँगै मिर्गौला रोगबाट पीडित बिरामीहरूले अब जिल्लामै उपचार सेवा पाउने भएका छन् ।

नयाँ सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । डायलाइसिस सेवाका लागि ३ जना तालिम प्राप्त चिचित्सक,४ जना तालिम प्राप्त नर्स र एक जना टेक्निसियन राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

डायलाइसिस सेवा सञ्चालनका लागि खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाँ र चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको