चुगाँड खोलामा ट्रक फस्दा भेरी करिडोर अवरुद्ध

डोल्पा, वैशाख १४ गते ।

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फस्दा सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब १० बजे नेपालगञ्जबाट डोल्पातर्फ आउँदै गरेको मालबाहक ट्रक उक्त खोलामा फसेपछि भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको मजबुत यातायात प्रालिका त्रिपुराकोट इन्चार्ज रवीन्द्र सार्कीले जानकारी दिए ।

उनका अनुसार ट्रक खोलामै अड्किएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ ।

सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने तथा बाहिरिने सवारीसाधन घण्टौँदेखि बीच बाटोमै रोकिएका छन् भने डोल्पाबाट नेपालगञ्ज, सुर्खेत हुँदै काठमाडौँतर्फ जाने यात्रुहरू लामो घण्टौंदेखि अलपत्र परेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको