पृथ्वी, कान्ति र वीपी राजमार्ग अवरुद्ध

काठमाडौं, असोज २४ गते ।

अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ ।

काभ्रेको रोशीमा आएको बाढीले वीपी राजमार्ग पनि पूर्ण रुपमा बन्द भएको छ भने ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका११ मा पहिरो जाँदा बालुवासंग्रही सडक पनि पूर्णरुपमा बन्द भएको छ ।

यसैगरी, धादिङको धुनिवेशी नगरपालिका–९ मा पहिरो जाँदा त्रिभुवन राजपथ एकतर्फी भएको छ ।

नवलपरासीमा कालीगण्डकी कोरिडोर, म्याग्दीमा बेनी–जोमसोम सडक, मनाङमा बेशी सहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी छन् ।

उता कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–९ मा पनि पहरो जाँदा भेरी कोरिडोर एकतर्फी भएको छ ।

सुरुवामा गत भदौ १० गते गएको बाढीले बगाएको राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको